हाम्रो बारेमा

पत्रकारिताको सुरवातमा रहर बाहेक केही थिएन्, बस् नाम भए हुरुक्कै भइन्थ्यो । जब सिढिहरु उक्लदैँ गइयो तब मात्र पत्रकारिताका असलि मान्यता थाहा हुन थाल्यो । देश घुमियो र परिवेश भोगियो पनि अनि केही गरौँ भन्ने सोचका साथ प्रदेश नम्बर ७ लाई केन्द्रमा राखेर हामी अगाडी बढेका छौँ ।

नेपालमा छोटो समयमै अनलाईन पत्रकारितामा धेरै विकास भएको देखिन्छ संख्यात्मक रुपमा तर गुणात्मक र विश्वसनियता भने झन खस्किरहेको छ । केही सञ्चालकहरुले आफ्नो दुई नम्बरी धन्दालाई लुकाउन मिडियाको दुरुपयोग गरिरहेका छन् त केही मिडियाको आडमा समाजलाई नराम्रो बाटोतिर धकेल्न मै व्यस्त छन् । तर हामी माटोका लागी पत्रकारिता गर्ने छौँ, यदि प्रण गर्दछौँ ।

विज्ञान र प्रविधिले विश्व जितिसकेको अवस्थामा अझै पनि हामीले यसको सहि सदुपयोग गर्न सकिरहेका छैनौँ । छापा, रेडियो, एफ एम र टेलिभिजन हुँदै अहिले अनलाईन पत्रकारिताको विकास सुरु भएको छ । केही स्थापित अनलाईन तथा छापा सञ्चारमाध्यमहरुले शहर र राजधानी केन्द्रित पत्रकारितामा आफ्नो कलम सिमित राखेपछि ग्रामिण क्षेत्रबाट आफ्नो दरिलो उपस्थीति जनाउनका लागी हामीले यो प्रयास थालेका छौँ । तपाईलाई विश्वास दिलाउन चाहान्छौँ, सूदुरपश्चिमका हरेक क्षेत्रमा हाम्रो नजर रहनेछ ।

भ्रष्टाचार, अनियमितता विरुद्ध आवाज बोल्नेछौँ विकास, समृद्धि र कृषि क्षेत्रमा हामी तपाईसँग हातेमालो गर्ने छौँ । र हामी सूदूरपश्चिमको विकासको पर्याय बन्न सधै जागा रहनेछौँ । तपाईको साथ र सहयोगको अपेक्षासहित धन्यबाद ।