भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली सेलिब्रेटी ? हेर्नुहोस !!

सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्छन् ।

१० हजारसम्मको ब्रा
नेपाली महिलाहरूले एक सयदेखि १० हजारसम्मको ब्रा प्रयोग गर्छन् । पछिल्लो समयमा टिनएजर्सका युवतीको रोजाइमा पुसअप ब्रा पर्ने गरेको न्युरोडस्थित मणिक टेलर्सकी कर्मचारी आस्था तिमल्सिनाले बताइन् । पुसअप ब्रामा भएको फर्मले स्तनलाई आकर्षक देखाउने हुँदा टिनएजर्स युवतीको रोजाइमा पर्ने गरेको उनी बताउँछिन् ।

त्यस्तै, विवाह भएका महिलाले ननपुसअप ब्रा रोज्ने गरेका छन् । अन्तर्राष्ट्रियस्तरको भिक्टोरिया सेक्रेट ब्रान्डको ब्राको मूल्य १० हजारसम्म पर्ने गर्छ । थोरै पसलहरूले मात्र ब्रान्डेड ब्रा बिक्रि गर्दछन् ।

नेपालमा दुई हजार पाँच सयसम्मको अन्डरवेयर
नेपालमा सयदेखि पाँच हजारसम्मका अन्डरवेयर पाइन्छ । लिभाइज ब्रान्डअन्तर्गतको अन्डरवेयरको मूल्य नेपाली बजारमा दुई हजार पाँच सयसम्म पर्ने गर्छ । बिइङ ह्युमन नामक भारतीय ब्रान्डको पुरुषले प्रयोग गर्ने अन्डरवेयर नेपालमा पाइन्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादे सेलेब्रिटी तथा धनाढ्यहरूले सबैभन्दा महँगो मूल्यको अन्डरवेयर रोज्ने गरेको बताउँछन् ।

तर, नायक अनमोल केसी भने आफूले नेपालमा पाइने कुनै पनि ब्रान्डको अन्डरवेयर प्रयोग नगर्ने बताउँछन् । भन्छन्, ‘मलाई टमी हिलफिगर ब्रायडको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाउने भएकाले विदेश गएका वेलामा उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु ।’ अनमोलजस्तै धेरै नायक–नायिकाले विदेश गएकै वेला अन्डरवेयर किनेर ल्याउने गर्छन् ।

गायिका तथा नेतृ कोमल वली पनि आफूले विदेशबाटै अन्डरवेयर खरिद गर्ने बताउँछिन् । भन्छिन्, ‘मैले प्रायः भित्री वस्त्रहरू विदेशतिर जाँदा किन्ने गरेकी छु । ब्रान्ड हेरेर दुई हजारदेखि आठ हजार मूल्यसम्मको किन्ने गर्छु ।’ कोमलले प्रयोग गर्ने केही ब्रान्डहरू नेपालमा नपाइनेसमेत छन् । अन्य सेलेब्रिटी भने पाँच सयदेखि १५ सयसम्मको अन्डरवेयर प्रयोग गर्छन् । नेपाली बजारमा पा“च हजार रुपैया“सम्मका अन्डरवेयर बिक्री हुन्छ ।

बाहिरी कपडा मात्र होइन, भित्री कपडामा पनि नेपाली ‘चुजी’ बन्दै गएका छन् । ५ हजारसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्मका ब्रा नेपाली बजारमा बिक्रि हुने गरेका छन् ।

ब्रान्डेड इनर वेयर कसरी चिन्ने ? – नवनीत गुप्ता, सञ्चालक, जक्की सोरुम दरबारमार्ग
इनर वेयरअन्तर्गतको कुनै पनि कपडा किन्दै हुनुहुन्छ भने त्यसैको अथोराइज सोरुममै गएर किन्नुभयो भने ठगिनबाट जोगिनुहुन्छ ।
कपडा किन्नुभन्दा पहिले कस्तो ठाउँबाट किन्दै हुनुहुन्छ, त्यो कुरामा पनि ध्यान दिनुस् । किनभने धेरैजसो ब्रान्डेड कम्पनीहरू आफ्नो अथोराइज सोरुमहरूबाटै बेच्ने गर्छन् ।
आजभोलि ९० प्रतिशत ब्रान्डेड सामानको भित्री कपडाको लेभल कपडामै प्रिन्ट गरिएको हुन्छ । त्यो हेरेर पनि ब्रान्डेड हो कि होइन भनेर चिन्न सकिन्छ ।

नेपालमा अमेरिकनदेखि इटालियन ब्रान्डसम्मका भित्री वस्त्र

नेपालमा अमेरिकनदेखि इटालियनसम्मका भित्री वस्त्र पाइने गर्छन् । यहाँ विश्वचर्चित भिक्टोरिया, जक्कीजस्ता अमेरिकन ब्रान्ड पाइन्छ । थुप्रै भारतीय ब्रान्डका भित्री वस्त्र पनि नेपालमा पाइन्छ । भारतीय ब्रान्डमा जुलियट, डेसिडीको राम्रो मार्केट छ । त्यस्तै, थाइल्यान्डको ब्रान्ड जिन्तान र सफ्ट प्रिन्सेसले पनि नेपाली बजारमा राम्रै व्यापार गरेको व्यापारी बताउँछन् । यसबाहेक इटालियन ब्रान्ड बेनिटनको माग पनि राम्रै हुने गरेको छ । यसमा ब्रान्ड हेरेर पाँच सयदेखि १० हजारसम्मका भित्री वस्त्र पाइने गर्छन् ।

नेपालमा उपलब्ध ब्रान्ड र मूल्य
जक्की : जक्की अमेरिकन ब्रान्ड हो । जक्की ब्रान्डअन्तर्गत विशेषगरी भित्री वस्त्रहरू पाइन्छन् । यो ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने ब्राको मूल्य एक हजारदेखि दुई हजार आठ सयसम्म पर्ने दरबारमार्गस्थित जक्की सोरुमका सञ्चालक नवनीत गुप्ताले बताए ।

त्यस्तै, महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य तीन सय ५० देखि ७ सय ५० र पुरुषले प्रयोग गर्ने अन्डरवेयर तीन सय ५० देखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

भिक्टोरिया: सेक्रेटस् यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत विशेषगरी इनर वेयर पाइन्छन् । भिक्टोरियाले हरेक वर्ष विभिन्न ब्रान्डका कपडा बजारमा ल्याउने गरेको छ । यसमा महिलाले प्रयोग गर्ने ब्रा विश्व बजारमा धेरै महँगा छन् । तर, नेपालमा २ हजारदेखि १० हजार रुपैयाँसम्ममा पाइन्छ ।

यस ब्रान्डका भित्री वस्त्र धेरैजसो फेसन स्टाइलिस तथा चुजी युवती र धनाढ्य परिवारका महिलाले किन्ने गरेका छन् । यो नेपालमा उपलब्धमध्ये सबैभन्दा महँगो ब्रान्ड हो । यस ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि दुई हजारसम्म पर्छ ।

रिबक: यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डमा विशेषगरी सबै स्पोर्टस्का कपडा पाइन्छन् । यसअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जसको मूल्य तीन हजार दुई सय ९० देखि ७ हजार पाँच सय ९० सम्म पर्ने दरमार्गस्थित रिबुक सोरुमका कर्मचारी सुवास महर्जन बताउँछन् । यो ब्रान्डअन्तर्गत स्पोर्टस् ट्राउजर पनि पाइन्छ । जसको मूल्य तीन हजार ८ सय ९० देखि ८ हजार ९ सय ९० सम्म पर्छ । रिबक ब्रान्डको कपडा धेरैजसो योगा, टे«ेनिङ र स्पोर्टस्मा संलग्न मानिसले प्रयोग गर्छन् ।

एडिडास: यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् । यसमा महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन ब्रा चार हजार ९० देखि ६ हजार एक सय ९० रुपैयाँसम्ममा बिक्री हुने दरबारमार्गस्थित एडिडास सोरुमकी कर्मचारी अविका श्रेष्ठले बताइन् ।

Be the first to comment on "भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली सेलिब्रेटी ? हेर्नुहोस !!"

Leave a comment

Your email address will not be published.


*