समाचार हेडलाइनबाट चरित्र हत्या गर्न खोजिएको भन्दै अनमोल केसी आक्रोशित

काठमाडौं । पछिल्लो पुस्ताका कलाकारहरुमा अनमोल के।सी सबैभन्दा अगाडी देखिएका छन्। उनको स्टारडमले नै नेपाली दर्शकहरुलाई ह़लसम्म तान्ने गरेको छ। करियरमा सफलता हासिल गरेका उनी वास्तविक जीवनमा निकै नै नम्र र सरल छन्।

अनमोल के।सीका अन्तर्वार्ताहरुमा उनले निकै संयमित भएर, परिपक्क तरिकाले र नम्र तालमा बोलिरहेका हुन्छन्।

मिडियामा छाइरहने उनले मिडियाका विषयलाई स्टन्ट बनाउने वा ती सम्बन्धि स्पष्टिकरण दिने पनि गर्दैनन्।

तर पछिल्लो एक समाचारले भने उनी आक्रोशित बनेका छन्। केही अनलाइन माध्यमहरुले अनमोलले भने – गाउँले भनेका पाखे हुन् , शिर्षकको समाचार बनाएपछि उनी आक्रोशित बनेका हुन्।

अनमोलले आफ्नो फेसबुक स्टाटस मार्फत ती समाचारको माध्यमबाट आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आफ्ना फ्यानहरुलाई ती समाचारको विश्वास गरेर भ्रममा नपर्न आग्रह गरेका छन्। उनले आफूले सबै व्यक्तिलाई उत्तिकै सम्मान गर्ने र त्यस्तो अभिव्यक्ति कहीं कतै नदिएको स्पष्ट पारेका छन्।

 

DcNepal

Be the first to comment on "समाचार हेडलाइनबाट चरित्र हत्या गर्न खोजिएको भन्दै अनमोल केसी आक्रोशित"

Leave a comment

Your email address will not be published.


*