माग्ने बूढाले यसरी बताए टेम्पो चलाउँदाका दिन देखि श्रीमतीसँगको पहिलो भेट

Zimbabwe's President Robert Mugabe looks on during a rally marking Zimbabwe's 32nd independence anniversary celebrations in Harare April 18, 2012.REUTERS/Stringer (ZIMBABWE - Tags: POLITICS ANNIVERSARY) - RTR30W6H

काठमाडौं । माग्ने बूढा अर्थात् केदार घिमिरे नेपाली टेलिचलचित्र हुँदै फिल्ममा प्रवेश गरेका चरित्र अभिनेता हुन्। उनी संघर्ष पछिको सफलताका एक उदाहरण समेत मानिन्छन्।

केदार घिमिरेले गाउँबाट काठमाडौं आइसकेपछि टेम्पो चालकको काम गर्दै विद्यार्थी जीवनलाई निरन्तरता दिंदै थिए। यत्तिकैमा उनको विवाहको कुरा चल्यो।

जन्ती जाँदा पहिलो पटक देखी केटी सीता तिमिल्सिनासंग विवाहको कुरा चलेपछि उनले निर्णय दिन नसकेर भागेर समेत हिंडेका थिए। तर पछि उनले सीता संग नै लगनगाँठो कसे।

पछिल्लो एक अन्तर्वार्तामा केदार घिमिरे र उनकी श्रीमती सीता तिमल्सिनाले आफ्नो जीवनका यस्तै कुराहरु दर्शकसंग बाँडेका छन्। पहिले गृहिणी रहेकी सीता अहिले श्रीमान माग्ने बूढासंग नै प्रहसनमा प्रस्तुती दिन्छिन्।

 

DCNepal.com

Be the first to comment on "माग्ने बूढाले यसरी बताए टेम्पो चलाउँदाका दिन देखि श्रीमतीसँगको पहिलो भेट"

Leave a comment

Your email address will not be published.


*