अध्यक्ष ओली र दाहालबीच भेटवार्ता, मूख्यमन्त्री बाँडफाँटमा कुरो मिलेन

काठमाडौं, माघ १४ । पार्टी एकताको लागि पछिल्ला दिनमा सक्रियता बढाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका एमाले अध्यक्ष ओली र दाहालबीच पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको हो ।

दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरण, प्रदेश सरकार गठन र केन्द्रमा वाम सरकार गठनलगायतका विषयमा छलफल भएको छ ।

प्रदेश सरकार निर्माणमा पद बाँडफाँट गर्न दुई दलका नेता सम्मलित कार्यदलले मूख्यमन्त्री लगायतका पदमा सहमति गर्न नसकेपछि दुई पार्टीका अध्यक्षले भेटवार्ता गरेका हुन् ।

Be the first to comment on "अध्यक्ष ओली र दाहालबीच भेटवार्ता, मूख्यमन्त्री बाँडफाँटमा कुरो मिलेन"

Leave a comment

Your email address will not be published.


*