अमेरिकामा वृद्धभत्ता र पेन्सन पाइन्छ कि पाइन्न ?

नेपालमा सरकारले वृद्धभत्ताका लागि उमेरहद घटाएको विषयले देशभित्र धेरै चर्चा परिचर्चा पायो । यसका पक्ष र विपक्षमा धेरै कुराहरु आए । यो निर्णय सही छ भन्ने पनि देखिए, गलत छ भन्नेहरु पनि देखिए ।

मैले यही कुरालाई लिएर यहाँ बहस गर्न खोजेको होइन, । बरु अमेरिकामा वृद्धभत्ता, पेन्सन एवं सामाजिक सुरक्षा भत्ताको अवस्था कस्तो प्रावधान छ ? यसबारेमा यहाँ सामान्य चर्चा गर्ने प्रयास गरेको छु ।

नेपालमा सामाजिक सुरक्षाका पक्षमा र विपक्षमा बहस गर्नु हुनेहरुले अहिलेको तत्कालिन कारणभन्दा पनि पक्कै अन्तरराष्ट्रिय अभ्यासहरू हेरेर, बुझेर नै बहस गर्नुभएको होला भन्ने मेरो अनुमान छ ।

सामाजिक सुरक्षाको सुरुवात

जागिरबाट हुने पेन्सनको सुरुवात अमेरिकामा धेरै अघिदेखि भएको थियो । अमेरिकी स्वतन्त्रतामा संलग्न हुँदा अपाङ्ग भएर अथवा स्वतन्त्रता सेनानीहरुको बुढ्यौली जीवनमा पर्ने अप्ठेराहरुलाई सम्बोधन गर्न पेन्सन दिइएको थियो ।

सन् १९२६ मा आइपुग्दा पेन्सनसम्बन्धी कानुनहरु नै प्रयोगमा आइसकेका थिए र यसमा धेरै निजी संघसंस्थाहरु पनि आवद्ध भैसकेका थिए । सन् ३० को दशकमा अमेरिकामा भएको आर्थिक मन्दीले गर्दा मानिसहरुको जीवन तहस-नहस भयो ।

उसै त अमेरिकी जीवनशैलीमा भोलिलाई राख्ने र बुढेसकाललाई साँच्ने भन्ने कमैमात्र हुने गर्छ । त्यसमाथि आर्थिक मन्दीले सम्पूर्ण उत्पादन ठप्प हुनु, रोजगार सकिनुजस्ता कारणले एकप्रकारको हाहाकार भयो ।

त्यहीबेला अमेरिकामा अर्को विपत्ति आइलाग्यो । झण्डै १० बर्षसम्म भएको लगातारको खडेरीले गर्दा मध्यपश्चिमको ग्रेट प्लेन भनिने ठूलो इलाकामा भयङ्कर धुले आँधी आयो । खडेरीले सुकेको जमिनको सतह सबै धुलोमा परिणत भई आँधी बनेर उडेको थियो । त्यहाँ हरेक दिन १/२ फिट धुलो जम्मा हुन्थ्यो हरेक घरको आँगनमा ।

त्यो महामारीले हजारौं मानिस मरे । मरुभूमिको बाटोबाट सुरक्षित ठाउँमा जाँदा बाटोमा कैयौं मरे । जंगली जनावर र घरपालुवा जनावरको क्षतिको कुरा नै भएन । जनजीवन अस्तव्यस्त भयो । आफ्नो जरो किलो छोडेर बाँच्नका लागि हिँड्ने मान्छेसँग आफ्नो जीवनबाहेक अरु कुरा केही थिएन । उमेर भएकाहरुले त काम गर्ने, उमेर नभएकाहरुले के गरेर बाँच्ने ? यस्तो भयावह स्थिति भएको बेलामा राष्ट्रपति रुजवेल्टले सामाजिक सुरक्षा कानुन बनाएर सबै नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गरेका थिए ।

स्वतः बृद्धभत्ता पाइन्न

अमेरिकामा स्वतः बृद्धभत्ता पाउने भन्ने कुरा हुँदैन । अमेरिकी सामाजिक सुरक्षा आफ्नो लगानीमा आधारित छ । स्वतः बृद्धभत्ता पाउने भए त अमेरिकामा भएका हरेक छोराछोरीले बाबुआमालाइ लगेर नागरिकता बनाएर बृद्धभत्ता बाट लाभान्वित बनाउथे होला ।

हरेक मान्छेलाई आफू भोलि बुढो भइन्छ, बिरामी भइन्छ, अशक्त भइन्छ र त्यो बेला आर्थिक सहयोग चाहिन्छ भन्ने थाहा हुन्छ । आफ्नो सुरक्षा गर्नु आˆनै पहिलो दायित्व हो । अनि मात्र सरकारको दायित्व हो ।

आफू सशक्त हुञ्जेल र कमाउन सकुञ्जेलचाहिँ मोज गरेर हिँड्ने अनि भोलि आफू बृद्ध हुँदा सरकारको मुख ताक्ने र सरकारले तिनीहरुलाई खुसी बनाउन वितरणमुखी आर्थिक प्रणाली लागु गर्दै जाने हो भने, त्यो अर्थतन्त्रले कति दिन धान्छ ? अन्दाज गर्न सकिन्छ ।

एकछिनलाई सम्झौं अहिले ३० देखि ५० बर्ष उमेर समुहका मान्छेको उमेर भनेको एकदम उत्पादनशील उमेर हो । उनीहरुले कमाएको पैसा आफैंले राख्छन्, प्रयोग गर्छन् अनि भोलि बुढेसकालमा चाहीँ वृद्धभत्ता लिनका लागि लाइन बस्नु भनेको अमेरिकी आर्थिक प्रणालीमा असम्भव हो ।

कर त हरेक नागरिकले तिर्छन् । तर, त्योभन्दा पर आफ्नो आर्थिक सुरक्षा गर्नु पनि उसको आफ्नै दायित्व हो । जसले कमाउन सकेन, उसलाई राज्यको तर्फबाट आर्थिक छुट र सहयोग हुन्छ, तर जसले कमाउँछ उसले आफ्नो भोलिका लागि सरकारी नियमले नै बाँधेर सरकारले उसको कमाइबाट काटेर सञ्चिति गरिदिन्छ अनि पछि त्यही पैसा सामाजिक सुरक्षा भत्ताका रुपमा आउँछ । यसमा राज्यले आर्थिक क्षति ब्यहोर्दैन, केवल व्यवस्थापन मात्रै गर्छ । अमेरिकी आर्थिक प्रणालीको मुख्य सन्देश भनेको नै त्यही हो कि हरेक मान्छेले आफ्नो भोलिका लागि आफैं सञ्चिति गर ।

मान्छेलाई स्वविवेकमा छोड्ने हो भने, कसैले सञ्चिति नगर्ने अथवा आफू धनीमानी नै भए पनि सकेसम्म सरकारको बाटो हेर्ने प्रवृ त्ति हुने भएकाले सरकारले नै अनिवार्य सञ्चितिलाई नियम बनाएर लागु गरेको हो ।

सरकारले कसरी गर्छ त ?

अमेरिकाको नियमअनुसार उमेर पुगेका व्यक्तिहरु हरेकले, हरेक वर्ष आफ्नो वार्षिक आयव्यय प्रतिवेदन बुझाउनुपर्छ, बोलीचालीको भाषामा त्यसलाई ट्याक्स फाइलिङ भनिन्छ । संसारभरि नै नागरिकले राज्यलाई ट्याक्स तिर्नुपर्छ र अमेरिकामा पनि तिरेकै हुन्छन् ।

सामान्यतः कतिसम्म आम्दानी भएकोलाई ट्याक्स तिर्न नपर्ने र कति भए पछि कति प्रतिशत लाग्ने जस्ता कानुनी कुराहरु जहाँ पनि हुन्छन् । अझ अमेरिकाको हकमा त केन्ऽ सरकार र कतिपय राज्यमा राज्य सरकारलाई छुट्टाछुट्टै ट्याक्स तिर्नुपर्छ ।

 

जुनसुकै सरकारी, निजी अथवा संस्थागत ठाउँमा काम गर्दा अनुमानित ट्याक्स काटेर मात्र पैसा दिइन्छ, त्यही भएर बर्षको अन्तिममा हिसाब मिलान गर्दा बढी काटिए फिर्ता आउँछ, कम काटिए तिर्नुपर्छ । त्यसरी राज्यलाई तिर्नुपर्ने ट्याक्सका अतिरिक्त थप २ कुरा पनि सँगै तिरिरहेका हुन्छन् । त्यसलाई पनि मान्छेले ट्याक्स भन्ने सम्झन्छन, तर त्यो सामाजिक सुरक्षाका लागि काटिएको रकम हो ।

सामाजिक सुरक्षा भत्ता

रोजगारी गर्ने हरेक मान्छेले आफ्नो आम्दानीको ६.२५ रकम सामाजिक सुरक्षाका लागि तिर्छन् र रोजगारी दिने संस्थाले त्यति नै थपेर जम्मा १२.४५ रकम उसको नाममा जम्मा गर्छ । यो हरेक हप्ता पैसा बुझ्दा काटिएर आउने भएकाले धेरैले याद गर्दैनन् र ट्याक्स काटेको सम्झन्छन् ।

उसले कम्तीमा पनि १० बर्ष काम गरेको हुनुपर्छ । भन्नाले, १० बर्ष लगातार उसको सामाजिक सुरक्षाका लागि रकम काटिएर जम्मा भएको हुनुपर्छ । यसरी जम्मा भएको पैसाको सुविधाका लागि चाहिँ उसको उमेर ६२ वर्ष पुग्नुपर्छ ।

अपाङ्ग अथवा अन्य रोग लागेर काम गर्न नसक्ने भएमा चाँडै पाउछन्, नत्र ६२ बर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउँछन् । विशुद्ध लगानीमा आधारित भएकाले भत्ताको आयतन चाँही जम्मा गरेको रकम, उमेर, आदिमा भर पर्छ ।

सामाजिक सुरक्षा प्रशासकीय संस्थाले नियमन गर्ने भएकाले त्यसले क्याल्कुलेटर नै बनाएको छ, आफ्नो हरेक महिना जम्मा हुने रकम र अनुमानित काम गर्ने उमेर राखेर कति पाउँछु अवकाशमा भनेर अहिले नै हेर्न मिल्छ ।

स्वास्थ्य बिमा र मेडिकेयर

आफूले काम गर्न सकुञ्जेल त काम गरेको ठाउँबाट इन्सुरेन्स होला, अथवा निजी तरिकाले पनि स्वास्थ्यमा खर्च गर्न सक्लान् । तर, पछिका लागि के त भन्ने हुन्छ । त्यही भएर हरेक अमेरिकीले काम गर्न सुरु गरेको दिनदेखि नै हरेक चेक बुझ्दा १.४५५ प्रतिशत बृद्ध अवस्थाका स्वास्थ्य बिमाका लागि पैसा तिरेका हुन्छन् । अनि रोजगार दिने संस्थाले त्यति नै थपेर २.९५ जम्मा गरेको हुन्छ । यो स्वास्थ्य सुरक्षालाई बोलीचालीको भाषामा मेडिकेयर भनेर भनिन्छ । यो प्रतिशत भनेको अहिलेको हो, सरकारी नियम अनुसार समय समयमा परिवर्तन हुन सक्छ ।

अब कुरा रहृयो स्वरोजगारहरुको । स्वरोजगारहरुले सामाजिक सुरक्षा भत्ताका लागि रोजगारी दिने संस्थाले थपिदिने पनि आफैंले राख्नुपर्छ । भन्नाले, सामाजिक सुरक्षा भत्ताका लागि १२.४५ र मेडिकेयरका लागि २.९५ सबै आफैंले नै व्यहोर्नुपर्छ नत्र बुढेसकालको सामाजिक सुरक्षा छाताबाट बाहिरिनुपर्ने हुन्छ ।

यसमा बिर्सन नहुने कुरा के हो भने, राज्य र केन्ऽलाइ तिर्नुपर्ने ट्याक्स अर्कै कुरा हो, त्यो ट्याक्स र यो अगि्रम सञ्चिति रकमका बीच खासै सरोकार हुन्न । सरकारलाई ट्याक्स तिरेको हुनाले पाएको सुविधा होइनन यी । यी त आफैंले कमाएको पैसा अलिअलि जम्मा गर्दै राखेको हुनाले, त्यही जम्मा भएको पैसाबाट प्राप्त हुने एन्युइटि हो मासिकरुपमा प्राप्त हुने रकम ।

सरकारी जागिरमा स्वतः पेन्सन आउँछ त ?

माथि नै लेखिसकियो कि सामाजिक सुरक्षा र मेडिकेयरको पैसा हरेक व्यक्ति ले तिर्नै पर्छ । स्वरोजगार गर्नेहरुले चाहीँ रोजगार गर्नेको भन्दा दोब्बर तिर्नुपर्छ ।

अब आर्थिक सुरक्षाको अर्को पाटोमा जाउँ ।

नागरिक लगानी कोष जस्ता कोषहरु मा आˆनो आम्दानीको रकम लगानी गर्न पाइन्छ । त्यहाँ लगानी गरेको रकममा अहिले ट्याक्स लाग्दैन । तर, शर्त के हो भने त्यो पैसाको प्रतिफल चाहीँ अवकाश पाएपछि मात्रै प्राप्त हुने हो ।

अहिलेको हकमा सरदर एकजनाले १८ हजार डलरसम्म बाषिर्क लगानी गर्न पाउँछन् । कतिपय ठाउँमा रोजगार दिने संस्थाले पनि केही प्रतिशत म्याच गरिदिने गर्छन् । सामान्यतया तलबको ३ देखि ५ प्रतिशत आˆनो तलबबाट काटेर त्यति नै रोजगार दिने संस्थाले थपेर राखिदिने पनि गर्छन् । संस्थाअनुसार यसको नाम फरक हुन्छ । तर, बोलीचालीमा ४०१ के भनेर चिनिन्छ ।

अमेरिकामा प्राप्त हुने सामाजिक सुरक्षा, मेडिकेयर, रिटायर्मेण्ट सुविधा, र पेन्सन सबै आफ्नै लगानीमा आधारित हुन् । र, रोजगारदाताले यसमा केही थपथाप गरिदिएका हुन्छन् ।

यसरी जम्मा गरेको रकम अवकाशमा पाइन्छ । तर, त्यो पनि आफ्नै लगानी हो । केन्द्र सरकारमा काम गर्ने, नेपालको हकमा भन्ने हो भने निजामती जस्तै, अमेरिकामा उनीहरुको पनि स्वतः पेन्सन भन्ने हुँदैन ।

हरेक व्यक्तिले सामान्यतया झण्डै एक प्रतिशत रकम पेन्सनका लागि हरेक पटक तलब लिएसँगै जम्मा गर्नुपर्छ । सरकारले झण्डै ११.५ थप गरिदिन्छ ।

अमेरिकामा अहिलेका लागि अवकाशको उमेर ६२ बर्षदेखि ६९.५ बर्ष हो । ६२ बर्ष नपुगी उसले अवकाश लिन पाउँदैन, २०/३० बर्ष सेवा अवधि पुगेको छ भने चाँही पाउने सुविधामा कटौती हुने शर्तमा शिघ्र अवकाश लिन सक्छन् ।

मान्छेहरुले आफ्नो उमेरले सकुञ्जेलसम्म काम गरुन् र सरकारलाई आर्थिक भार नपरोस् भनेर यो नियम बनाइएको हो । यो नाफा योजनाका लागि बिशेष सूत्र छ- कति पाउने भन्ने ।

यसका लागि कम्तीमा ५ बर्ष काम गरेको र ६२ बर्ष उमेर पुगेको हुनुपर्छ । ६५ बर्षको उमेरलाई आधार मान्दा प्रत्येक बर्षको १ प्रतिशत आउँछ, अर्थात् जति बर्ष काम गरेको हो, त्यति नै प्रतिशत अहिलेको स्केलको आधारमा यो हिसाब निकालिन्छ । यसलाई सजिलो गरी बुझ्ने हो भने, मानौं, एउटा मान्छेले अहिले ५,००० मासिक तलब पाउँछ र उसले २० बर्ष काम गरेको छ भने सामान्यतया ५,००० को २०/५ भन्नाले मासिक १,००० को हाराहारीमा उसले प्राप्त गर्छ ।

मैले सजिलोसँग बुझाउनका लागि यो हिसाब गरेको हो । तर, यो अधिकारिक हिसाब होइन, अधिकारिक हिसाबको क्यालकुलेटर फरक छ । तर रिजल्ट यसको सेरोफेरो मा हुने भएकाले मैले उदाहरण दिएको हो । आफ्नो पाउने तलबको ५०/५ पाउन त झन्डै ५० बर्ष काम गरेको हुनुपर्छ, जुन सम्भब नै छैन ।

समग्रमा अमेरिकामा प्राप्त हुने सामाजिक सुरक्षा, मेडिकेयर, रिटायर्मेण्ट सुविधा, र पेन्सन सबै आफ्नै लगानीमा आधारित हुन् । र, रोजगारदाताले यसमा केही थपथाप गरिदिएका हुन्छन् ।

आरके धमला

Be the first to comment on "अमेरिकामा वृद्धभत्ता र पेन्सन पाइन्छ कि पाइन्न ?"

Leave a comment

Your email address will not be published.


*